काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले संसद् अवरुद्ध गर्नुको औचित्य नभएको बताएका छन्।
आइतबार राति ट्विट गर्दै नेता रावलले सरकारका कामकारवाही हुन दिई संसद् अवरुद्ध गर्नुको कुनै औचित्य नभएको बताएका हुन्।
यसअघि एमालेका अध्यक्षको पदबहाली गर्दै केपी शर्मा ओलीले तत्कालीन एमालेले कारवाही गरेका माधव नेपाल लगायतका सांसद्हरु उपस्थित भए २८ को संसद् बैठक चल्न नदिने बताएका थिए। एमालेले यसअघि पनि बारम्बार संसद् अवरुद्ध गर्दै आएको थियो।
रावलले संसद् देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने तलो भएकाले सरकारका सबै काम हुन दिई संसद् अवरुद्ध गर्नुको औचित्य नभएको बताएका हुन्। उनले लेखेका छन्, ”कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनुपर्यो। अन्यथा म कुटे जस्तो गर्छुं तँ रोए जस्तो गर् भने झैं ठहर्छ।”
Facebook Comment
Comment