इन्डोनेसियामा ज्वालामुखीले ज्यान गुमाउनेको संख्या १३ पुग्यो

नेपालभ्युज

इन्डोनेसियामा ज्वालामुखीले ज्यान गुमाउनेको संख्या १३ पुग्यो

एजेन्सी । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तस्थित सेमेरुमा भएको ज्वालामुखी बिस्फोटमा ज्यान गुमाउनेको संख्या १३ पुगेको अधिकारीहरूले जनाएका छन्।  इन्डोनेसियाको विपद् व्यवस्थापन विभागले यस्तो जानकारी दिएको हो।

विभागका प्रवक्ता अब्दूल मुहारीकाअनुसार कम्तिमा ९८ जना मानिसहरु ज्वालामुखीका कारण घाइते भएका छन्। सेमेरु आसपासका गाउँबाट ९ सय २ जनालाई अन्यत्र सारिएको जानकारी पनि उनले दिए। अधिकारीहरुका अनुसार जुमाजङ जिल्लाबाट १० जनालाई आइतबार उद्धार गरिएको छ। यी कामदारहरु स्थानीय बालुवाखानीमा काम गरिररहेका थिए।

शनिबार इन्डोनेसियाको सर्वाधिक जनसंख्या बसोबास गर्ने जाभा टापूमा ज्वालामुखी गएको थियो। यस ज्वालामुखीपछि आकाशतर्फ झन्डै १२ किलोमिटर परसम्म धुवाँका कणहरु पुगे। जसकारण, लुमाजुङका धेरै गाउँहरु धुवाँले ढाकिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved