रामजानकी विवाह पञ्चमी महोत्सवको दोस्रो दिन, फूलबारी लीला मनाइयो

फूलबारी लीलामा फूलबारीमा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडी बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा रहेको फूलबारीमा घुमफिर गराइएको हो। 

रामजानकी विवाह पञ्चमी महोत्सवको दोस्रो दिन, फूलबारी लीला मनाइयो

जनकपुरधाम। प्रदेश २ को राजधानी जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको शनिबार दोस्रो दिन धूमधाम साथ फूलबारी लीला मनाइएको छ।

फूलबारी लीलामा फूलबारीमा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडी बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा रहेको फूलबारीमा घुमफिर गराइएको हो।

रामायणको अनुसार त्रेतायुगमा भगवान् राम र लक्ष्मण जनकपुरधाम आएपश्चात् फूलबारीमा घुम्न जाँदा साथीसंगीसँग फूल टिप्न आएकी सीतासँग पहिलो भेट भएको थियो।

सोही दिनको सम्झानास्वरुप विवाह पञ्चमी महोत्सवको दोस्रो दिन फूलबारीमा राम लक्ष्मण र सीताको प्रतिकात्मक रुपधारण गरेका बालबालिकाहरूलाई पुलवारिमा घुमाउँदै राम र सीताको भेटघाट गराउने गरिन्छ। यसलाई फूलबारी लीला भनिन्छ।

त्रेतायुगमा मंसीर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा यहाँ विवाह पञ्चमी महोत्वस मनाउने गरिन्छ।

यसवर्ष सप्ताहव्यापी विवाह पञ्चमी कार्यक्रम अन्तर्गत शुक्रबार जनकपुरधाममा पहिलो दिन नगरदर्शन, शनिबार दोस्रो दिन शनिबार फूलबारी लीला, आइतबार धनुषयज्ञ, सोमबार तिलकोत्सव, मंगलबार मटकोर, बुधबार स्वयंवर र विवाह २३ गते बिहीबार रामकलेवा विधिको कार्यक्रम आयोजना गरी यो महोत्सव सम्पन्न गरिन्छ।

गत दुई वर्षदेखि कोरोना महामारीका कारण प्रभावित बनेको यस महोत्सवको यस वर्ष धूमधाम साथ मनाउने तयारी रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved