ए डिभिजन लिग फुटबल

मनाङ र संकटा तथा च्यासल र एनआरटी भिड्दै

आजको पहिलो खेलमा अपराजित मनाङ मर्स्याङदी लगातार तेस्रो जितको खोजीमा रहँदा संकटा क्लब दोस्रो जितको खोजीमा हुनेछ। खेल दिउँसो एक बजे शुरु हुनेछ।

नेपालभ्युज

मनाङ र संकटा तथा च्यासल र एनआरटी भिड्दै

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्। तेस्रो चरणको खेल शुरु भएसँगै दशरथ रंगशालामा आज दुई खेल हुन लागेका हुन्।

आजको पहिलो खेलमा अपराजित मनाङ मर्स्याङदी लगातार तेस्रो जितको खोजीमा रहँदा संकटा क्लब दोस्रो जितको खोजीमा हुनेछ। खेल दिउँसो एक बजे शुरु हुनेछ।

मनाङले लिगमा दुई खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहँदा दुई खेलबाट चार अंक बटुलेको संकटा मनाङमाथि जित निकाल्ने दाउमा छ।

आजै लिगको अर्को खेलमा च्यासल युथ क्लब र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । साँझ पौने पाँच बजे यी दुई बीचको खेल शुरु हुनेछ।

च्यासल दोस्रो जितको खोजीमा हुँदा एनआरटी भने पहिलो जितको खोजीमा छ। लिगका दुई खेलबाट च्यासलले तीन अंक जाडेको छ भने एनआरटीले मात्र एक अंक बटुलेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved