कांग्रेस प्रदेश २ को अधिवेशनमा मनाेनयन दर्ता स्थगित

नेपालभ्युज

कांग्रेस प्रदेश २ को अधिवेशनमा मनाेनयन दर्ता स्थगित

जनकपुरधाम। नेपाली कांग्रेसको प्रदेश २ को प्रथम प्रदेश अधिवेशनको शुक्रबार हुने भनिएको नाम दर्ता कार्य स्थगित गरिएको छ।

कांग्रेसका धनुषा जिल्ला सचिव तथा निर्वाचन रजिस्ट्रेसन संयोजक विश्वेश्वर यादवले एक सूचना प्रकाशित गरी प्रतिनिधिहरूको नाम दर्ता (रजिस्ट्रेसन ) कार्य स्थगित गरिएको जानकारी गराएको छ।

उनले मतदाता नामावली केन्द्रीय कार्यालयबाट अहिलेसम्म नआएको हुँदा नाम दर्ता स्थगित गरिएको जनाए। उनले ४ बजेसम्म मतदाता नामावली आउने र त्यस पछि अर्को सूचना प्रकाशित गरी नाम दर्ताको साथै अन्य तालिका सार्वजनिक गरिने जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved