ए डिभिजन लिग खेलाइरहेका ६ रेफ्रीले दिए राजीनामा

नेपालभ्युज

ए डिभिजन लिग खेलाइरहेका ६ रेफ्रीले दिए राजीनामा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी ए डिभिजन लिग खेलाइरहेका ६ जना रेफ्रीले राजीनामा दिएका छन्। शहीद स्मारक ए डिभिजन लिग जारी रहँदा एन्फाले फिटनेस लेभल टेस्ट मागेसँगै उनीहरूले राजीनामा दिएका हुन्।

अहिले लिग खेलाइरहेका १२ जना रेफ्रीमध्ये ६ जनाले राजीनामा दिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए। महासचिव तुलाधरले ६ जनाको मात्रै राजीनामाको दाबी गरे पनि ९ जनाले लिखित र १ जनाको मौखिक सहमतिमा राजीनामा गएको स्रोतले बताएको छ।

शहीद स्मारक लिगको तेस्रो चरणका खेल भोलिदेखि रङ्गशालामा शुरु हुँदैछन्। तर, सबै रेफ्रीले राजीनामा नदिएकाले भोलिका खेल प्रभावित नहुने महासचिव तुलाधरले बताए। यद्यपि, एन्फासँग वार्ता नभए भोलिका खेल नखेलाउने रेफ्रीले बताएका छन्। अहिले एन्फासँग दुई महिलासहित १२ जना रेफ्री छन्।

एन्फाका रेफ्री डाइरेक्टर गौतम कौर छन्। यद्यपि, सबै रेफ्रीले फिफालाई गत डिसेम्बरमा फिटनेस टेस्ट दिएको र प्रत्येक वर्ष हुने बताएका छन्। अहिले लिगका खेलहरू पनि चलिरहेकाले रेफ्रीले यो समयमा फिटनेस परीक्षण दिन नसक्ने बताएको स्रोतले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved