नवनियुक्त आर्थिक मामिलामन्त्री विष्टद्वारा शपथग्रहण

विष्टलाई मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारको मन्त्रिपरिषद् तीन सदस्यीय बनेको छ।

नेपालभ्युज

नवनियुक्त आर्थिक मामिलामन्त्री विष्टद्वारा शपथग्रहण
फाइल फोटो

सुर्खेत। नेकपा (माओवादी केन्द्र)बाट कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री बनेका विन्दमान विष्टले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले विष्टलाई मङ्गलबार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।

विष्टलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नै मन्त्रीमा नियुक्त गरेका थिए।

विष्टलाई मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारको मन्त्रिपरिषद् तीन सदस्यीय बनेको छ। मन्त्री विष्टले मङ्गलबार नै पदबहाली पनि गरेका छन्।

सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त बैठकले विष्टलाई मन्त्रीमा सिफारिस गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved