केन्द्रीय सदस्यको उम्मेदवारमा पनि नाम राखिदिएपछि भीम रावलको आपत्ति

उनले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै नदिएकाले अध्यक्ष नरहेको खण्डमा केन्द्रीय सदस्य पनि नरहने बताए। उनले भने, ‘‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकै छैन, स्वीकार गर्दिनँ।”

नेपालभ्युज

केन्द्रीय सदस्यको उम्मेदवारमा पनि नाम राखिदिएपछि भीम रावलको आपत्ति
फाइल तस्वीर

चितवन। नेकपा एमालेको दशौँ महाधिवेशनमा पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा र बाँकी केही केन्द्रीय सदस्यका लागि मतदान शुरु भएको छ। पटक पटक संशोधन हुँदै सोमबार राति २ बजे तय भए पनि निर्वाचन विहान ४ बजेपछि मात्रै शुरु भएको हो।

मतदानको शुरुमै अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र भीम रावलसहित केही नेताहरु मतदान गरेर बाहिरिएका छन्।

मतदान गरी बाहिरिएका अध्यक्षका उम्मेदवार रावलले निर्वाचन आयोगले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेदवारमा पनि राखिदिएकोमा आपत्ति जनाएका छन्। आफ्नो उम्मेदवारी सदस्यमा नभई अध्यक्षमा मात्रै भएको उनले बताए। उनले भने, ‘‘सदस्यमा मेरो उम्मेदवारी नै होइन, उहाँहरुले मेरो नाम सदस्यमा पनि राखिदिनुभएको रहेछ।”

उनले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै नदिएकाले अध्यक्ष नरहेको खण्डमा केन्द्रीय सदस्य पनि नरहने बताए। उनले भने, ‘‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकै छैन, स्वीकार गर्दिनँ।”

मध्यरातमा निर्वाचन गर्नु गलत भएको उनले बताए। आफूले कुरेर बिहानै गरौँ भनेर सुझाव दिए पनि राति नै निर्वाचन गर्नु व्यवस्थापनको कमजोरी भएको उनको भनाइ थियो।

सदस्यता नवीकरण, वितरण र पदाधिकारी चयनमा व्यापक रुपमा गलत काम भएको आरोप उनले लगाए। सर्वसम्मत भन्दा निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै उनले नतिजा आफूले सहज रुपमा लिने बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved