कांग्रेस १४ औं महाधिवेशन : धनुषाका आठमध्ये सातमा नेतृत्व चयन

नेपालभ्युज

कांग्रेस १४ औं महाधिवेशन : धनुषाका आठमध्ये सातमा नेतृत्व चयन

जनकपुरधाम। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत धनुषाको आठमध्ये सात प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएको छ। सातमध्ये ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा भने सहमतिमा नेतृत्व चयन भएको नेपाली कांग्रेस धनुषाका सभापति महेश शंकर गिरीले जानकारी दिए।

चयन भएका नेतृत्वहरूमा क्षेत्र नम्बर १ (क) मा जगतसुन्दर साह र क्षेत्र नम्बर १(ख) मा ऋषि लामा प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्।

क्षेत्र १(क) मा सहमतिमै नेतृत्व चयन भए पनि १(ख) मा सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट क्षेत्रीय सभापतिमा लामाले २२५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी मदन यादवले ७५ प्राप्त गरे।

त्यसैगरी धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) मा पनि सहमतिमै नेतृत्व चयन भएको छ। उक्त क्षेत्रमा सुजित साह सभापतिमा निर्वाचित भएका छन् भने क्षेत्र नम्बर २(ख) मा सहमति प्रयास जारी रहेको नभए मतदान प्रक्रियामा जाने तयारी भएको धनुषा सभापति गिरिले बताए।

यता कांग्रेस उपसभापति विमलेन्द्र निधिको निर्वाचन क्षेत्रसमेत रहेको धनुषा ३ को दुवै निर्वाचन क्षेत्रमा पनि सहमतिमै नेतृत्व चयन भएको छ। धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (क) मा छेदी राउत र ३ (ख) मा रामचन्द्र पजियार प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्।

यसैगरी धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि सहमतिमै नेतृत्व चयन भएको छ। निर्वाचन क्षेत्र नम्बर ४ (क) मा योगनारायण यादव र ४ (ख) मा वासुदेव पौडेल प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्।

प्रदेशसभा क्षेत्रीय अधिवेशन सकिएसँगै १२ मंसीरमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी रहेको जिल्ला निर्वाचन सचिवालय प्रमुख रामगुलाम कर्णले जनाए।धनुषामा चार वटा निर्वाचन क्षेत्र छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved