एमाले बुद्धिजीवी परिषद् पर्वतका अध्यक्षसहित नेताहरू नेकपा (एस)मा 

नेपालभ्युज

एमाले बुद्धिजीवी परिषद् पर्वतका अध्यक्षसहित नेताहरू नेकपा (एस)मा 

काठमाडौँ। नेकपा एमाले निकट बुद्धिजीवी परिषद्का अध्यक्ष विष्णु रिमालसहितका नेताहरु नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन्। जसमा रामप्रसाद शर्मा, भैरवबहादुर केसीलगायत ८ जना छन्। बिहीबार पर्वतको कुस्मामा आयोजित नेकपा(एस)को दोस्रो जिल्ला कमिटीको पूर्ण बैठक सम्पन्न गर्दै पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको हो।

बैठकले पर्वत जिल्ला सद्स्यहरु थप गरी केही कार्य विभाजन समेत गरेको छ। जसमा विद्यार्थी फाँट इन्चार्ज रुपमा सन्तोष न्यौपाने र सह इन्चार्जमा विकास रेग्मी मनोनीत  भएका छन्। त्यसैसरि पत्रकार गणेश पौडेललाई जिल्ला कमिटीको सूचना विभाग इन्चार्ज तोकिएको छ। किसान महासंघ, जनजाति महासङ्घलगायत जनबर्गिय सङ्गठनको नेतृत्व समेत टुङ्गाएको छ। नेकपा (एस) गण्डकी प्रदेशका इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश अध्यक्ष कमरेड रामजी शर्मा, सचिव प्रतापलाल श्रेष्ठलगायत नेताहरु उपस्थित थिए ।

बैठकमा प्रशिक्षणत्मक भनाई राख्दै प्रमुख अतिथिले आफूहरूले पार्टी फुटाएको नभई  पहिलो पटक  केन्द्रीय सदस्य थपेर ११ सय पुर्‍याउने ओली भएको आरोप लगाए। उनले भने ‘‘हामी पार्टी पुनर्गठनको चरणमा आएका हौँ र यो नितान्त आवश्यक कदम हो।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved