उद्घाटनकाे पूर्वसन्ध्यामा यस्तो छ एमाले महाधिवेशन स्थल (तस्वीरहरू)

उद्घाटनकाे पूर्वसन्ध्यामा यस्तो छ एमाले महाधिवेशन स्थल (तस्वीरहरू)

चितवन। नेकपा एमालेले १० औँ महाधिवेशनको सबै तयारी सकिएको छ। अहिले पूर्वसन्ध्यामा महाधिवेशनस्थल अवलोकन गर्नेको भीड छ। नारायणी किनारामा बनाइएको मञ्च अगाडि तथा महाधिवेशनको लोगो स्तम्भमा फोटो खिचाउनेको भीड छ।

महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन पुगिसकेकाछन्। उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी पाँच लाख जना सहभागी हुने एमालेको दाबी छ।

सहभागीहरूलाई नारायणी नदी किनारको नारायणगढ र गैँडाकोट दुवैतर्फ राखिने जनाइएको छ। बन्द सत्रमा भूगोल, जनसंगठन, विभाग, सम्पर्क कमिटी र प्रवास कमिटीका गरी दुई हजार १ सय ७५ प्रतिनिधि र १०३ जना पर्यवेक्षक सहभागी हुनेछन्। प्रतिनिधिहरूमध्ये ६ सय २७ जना महिला प्रतिनिधि हुनेछन्। दलित उत्पीडित क्षेत्रबाट २ सय ९ जना प्रतिनिधि आउने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved