काम नदिएको भन्दै हाइड्रोपावरको ठेकेदारमाथि आक्रमण

नेपालभ्युज

काम नदिएको भन्दै हाइड्रोपावरको ठेकेदारमाथि आक्रमण

काठमाडौँ। काम नदिएको भन्दै विदेशी लगानीमा रसुवामा बनिरहेको आयोजनामा आक्रमण भएको छ। माथिल्लो त्रिशूली–१ मा काम नदिएको भन्दै कोरियन ठेकेदार माथि स्थानीय युवाहरूले आक्रमण गरेका हुन्।

माथिल्लो त्रिशूली–१ आयोजना असन्तुष्ट स्थानीय युवाहरूले ठेकेदारलाई कुटपिट गरेका छन्। स्थानीयलाई काम नदिएको र स्थानीय उत्पादन नलिएको भन्दै असन्तुष्ट युवाको समूह आयोजनास्थलमा पुगेर भौतिक आक्रमणमा उत्रिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए।

कुटपिटबाट दुई विदेशी प्राविधिक घाइते भएका छन्। आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसानले ठेक्का पाएको छ। चिनियाँ कम्पनी सिनो हाइड्रोले सबठेकदारका रूपमा काम गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved