बाँकेमा बेवारिसे बम भेटियो

नेपालभ्युज

बाँकेमा बेवारिसे बम भेटियो
सांकेतिक तस्वीर

नेपालगन्ज। बाँकेको राप्ती सोनारी गाउँपालिकामा बेवारिसे बम फेला परेको छ। राप्ती सोनारी गाउँपालिका– ३ अगैयाको खैरीखोलामा बेवारिसे अवस्थामा आइतबार बम भेटिएको हो।

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत खैरीखोलामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसूदन न्यौपानेले बताए ।

डिएसपी न्यौपानेका अनुसार बम खिया लागेको अवस्थामा छ। यसबारे थप छानबिन गरिने प्रहरीले जनाएको छ। बम भेटिए लगत्तै राँझाबाट गएको नेपाली सेनाको टोलीले बम निष्क्रिय पारेको छ। सुरुमा स्थानीयले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved