सुडानका अपदस्थ प्रधानमन्त्री हमडोक फेरि सत्तामा फर्कने

नेपालभ्युज

सुडानका अपदस्थ प्रधानमन्त्री हमडोक फेरि सत्तामा फर्कने

काठमाडौँ। नजरबन्दमा रहेका सुडानका अपदस्थ प्रधानमन्त्री अब्दल्ला हमडोक सरकारको नेतृत्वमा फर्किएका छन् ।
गएको महिना सैन्य विद्रोहपछि उनी नजरबन्दमा थिए। जनरल अब्देल फताह अल–बुर्हान र हमडोकबीच राजनीतिक बन्दीहरूलाई रिहा गर्ने र हमडोक प्रधानमन्त्रीमा फर्कने सहमति भएको मध्यस्थकर्ता फदलाल्लाह बर्मालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

सुडानी मध्यस्थकर्ताहरूको समूहले विज्ञप्ति निकालेर हिजो शनिवार राति अबेर सहमति भएको र आज आइतवार हस्ताक्षर हुने जनाएको छ।

नजरबन्दमा रहेका अपदस्थ प्रधानमन्त्री र सैन्य नेतृत्वबीच सहमति जुटेकाले चाँडै हमडोक प्रधानमन्त्री हुने र बन्दीहरू रिहा हुने विज्ञप्तिमा उल्लेख छ ।

गएको अक्टोबर २५ मा सुडानको सेनाले सरकार विघटन गरेर आपत्काल घोषणा गरेको थियो । सैन्य विद्रोहपछि भएका प्रदर्शनमा ४० जनाको ज्यान गएको छ । थप रक्तपात रोक्नका लागि हमडोकले सहमति गर्नुभएको उहाँको निकट स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved