काठमाडौँ क्षेत्र २ को प्रदेश ‘क’ मा खड्का र ‘ख’ मा अधिकारी

नेपालभ्युज

काठमाडौँ क्षेत्र २ को प्रदेश ‘क’ मा खड्का र ‘ख’ मा अधिकारी

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं २ को प्रदेश ‘क’ को सभापतिमा धुव्र अधिकारी र प्रदेश ‘ख’ को सभापतिमा उद्धव खड्का विजयी भएका छन्।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार सम्पन्न प्रदेशसभा अधिवेशनमा क्रमशः अधिकारी र खड्का सभापतिमा निर्वाचित भएका हुन्।  प्रदेशसभा ‘क’ को उपसभापतिमा प्रमोद सञ्जेल र मधु पन्थी, सचिवमा भरतबहादुर खड्का र सरोजा सापकोटा तथा सहसचिवमा चोपराज कोइराला र सुजन रेग्मी विजयी भएका छन्।

प्रदेशसभा ‘ख’ को उपसभापतिमा प्रकाश स्याङ्बो र सहदेव कार्की, सचिवमा कुमार खतिवडा र आशीष तामाङ तथा सहसचिवमा निरज खड्का र रुपक बस्ताकोटी विजयी भए।

यसअघि काठमाडौँको १३८ वडा र ११ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ। काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका छन्।

यस्तै, काठमाडौँमा आगामी मंसीर ६ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदैछ। कांग्रेसले आगामी मंसीर १६ र १७ गते प्रदेश अधिवेशन तथा मंसीर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved