कांग्रेस वडाधिवेशन विवाद

सर्लाहीमा देउवा र पौडेल पक्षका कार्यकर्ताबीच झडप

नेपालभ्युज

सर्लाहीमा देउवा र पौडेल पक्षका कार्यकर्ताबीच झडप

सर्लाही । पार्टीको अधिवेशनको विषयलाई लिएर सर्लाहीमा नेपाली कांग्रेसका दुई पक्षबीच झडप भएको छ।

आज (बिहीबार) जिल्लामा वडा अधिवेशन तय गरिएको थियो। वडा अधिवेशनमा निर्वाचन अधिकृत खटाउने विषयलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीच पार्टी कार्यालय मलङ्गवामा झडप भएको हो।

पौडेल पक्षका कार्यकर्ताले निर्वाचन अधिकृत दिवाकर पाण्डेसहित जिल्लाका केही नेता तथा कार्यकर्तामाथि हातपात गरेका बताइएको छ।

दुईपक्षीय छलफल भइरहेका बेला पौडेल पक्षले जिल्ला पार्टी कार्यालयमा घेरा हालेर निर्वाचन अधिकृत पाण्डेलाई हातपात गरेका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठले जानकारी दिए। सर्लाही क्षेत्र नम्बर ४ का संघीय संसद अमरेशकुमार सिंहसमर्थित कार्यकर्ताले निर्वाचन अधिकृतमाथि हातपात गरेका थिए।

कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच थप झडप हुने देखेपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

आज सर्लाहीका २० वटै स्थानीय तहका दुई सय वडामा चुनाव गर्ने तयारी थियो। झडपका कारण वडाधिवेशन अन्योल भएको छ।

यसअघि अधिवेशन गर्न खटिएका निर्वाचन अधिकृत विनोद कार्कीले दुई पक्षको विवादका कारण राजीनामा दिएका थिए। त्यसपछि उनको ठाउँमा दिवाकरराज पाण्डेलाई निर्वाचन अधिकृत खटाइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved