निर्वाचन कार्यतालिका अनुमोदनका लागि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपालभ्युज

निर्वाचन कार्यतालिका अनुमोदनका लागि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं। १४ औँ महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ। आइतबार दिउँसो १ बजे बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

आजको बैठकले शनिबारको पदाधिकारी बैठकले गरेको निर्णय तथा केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन कार्यतालिका अनुमोदन गर्ने तयारी गरेको छ।

यसरी सबै जिल्लहरूमा १० मंसीरमा जिल्ला तहको अधिवेशन गरिसक्ने गरिको कार्यतालिका ल्याएको कांग्रेसले १६ र १७ मंसीरमा प्रदेश अधिवेशनहरू गर्ने र २४-२६ केन्द्रीय महाधिवेशन गर्ने बताएको छ। वडा र पालिकास्तरको अधिवेशनपश्चात् ३ मंसीरमा प्रदेश, ६ मंसीरमा प्रतिनिधिसभा क्षेत्रीय र १० गते जिल्ला अधिवेशन हुने कार्यतालिका कांग्रेसको छ।

क्रियाशिल सदस्यता विवादका कारण पाँच पटकसम्म महाधिवेशनको मिति सारिएको थियो। रौतहट र रसुवाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेसँगै नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिकाअनुसार हुने सम्भावना बढेर गएको हो।

यस्तै शनिबारको पदाधिकारी बैठकले आइतबारको केन्द्रीय समिति बैठकबाट महाधिवेशन तयारीका लागि समितिहरू गठन गर्ने निष्कर्ष निकालेको थियो।

महाधिवेशनको तल्लो तहको कार्यतालिका अगाडि बढेसँगै अब केन्द्रिय महाधिवेशनको लागि कांग्रेसले तयारी समिति गठन गर्न लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved