पार्टीनिकट पत्रकारलाई रक्सी नखान माधव नेपालको निर्देशन

नेपालभ्युज

पार्टीनिकट पत्रकारलाई रक्सी नखान माधव नेपालको निर्देशन
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई जाडरक्सी नखान निर्देशन दिएका छन्।

अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरूले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताए। पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार आग्रह गरे। अध्यक्ष नेपालले भने, ‘‘तपाईंहरूमा पनि साँझ पर्नेबित्तिकै पाँचतारे होटल धाइधाईकन नखाईकन निन्द्रा नलाग्ने अवस्था पक्कै पनि छैन होला। यो कुरा भएको थाहा पाए भने म राम्रो मान्दिनँ।’’

रक्सीले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने, रोग निम्त्याउन, घर कलह हुने र सन्तानमा पनि त्यसको गलत छाप पर्ने भएकाले मदिरा सेवन नगर्न उनले सुझाव दिए। ”जाडरक्सी खायो भने प्रतिष्ठा बढ्ला भन्ने नठान्नू होला। विहान उठनेबित्तिकै एक प्याक लाउँ भन्ने हुन्छन्। त्यो हो ठीक हुँदैन। राम्रो स्वास्थ्य बनाउनुस। तगडा हुनुस्। दिगाग तिखो बनाउनु र राम्रो काम गर्नुस्।’’

अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृतिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरूलाई आग्रह गरे। उनले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दाबी गरे। त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाईं लडिरहनु परेको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved