स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड महोत्तरी आउने कार्यक्रम स्थगित

नेपालभ्युज

स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड महोत्तरी आउने कार्यक्रम स्थगित
फाइल तस्वीर

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आज (शनिबार) महोत्तरी आउने कार्यक्रम स्थगित भएको छ।

प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनको पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको माओवादी महोत्तरी जिल्ला इन्चार्ज राजु खड्काले जानकारी दिए।

प्रचण्डले आज महोत्तरीको रामगोपालपुर नगरपालिकामा-८ वटा आधारभूत स्वास्थ्यचौकी भवन र एक कोभिड अस्पतालको संयुक्त रुपमा उदघाटन गर्ने तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय थियो।

प्रचण्ड नआउने भएपछि पूर्वनिर्धारित अन्य कार्यक्रम स्थगित हुने वा नहुने वा अरू कुनै केन्द्रीय नेता उक्त कार्यक्रममा सहभागी हुने विषयमा भने छलफल भइरहेको खड्काले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved