बर्दिबासको दुर्गा मन्दिरबाट भैरवको मूर्ति चोरी

नेपालभ्युज

बर्दिबासको दुर्गा मन्दिरबाट भैरवको मूर्ति चोरी

जनकपुरधाम। महोत्तरीको बर्दिवासस्थित एक मन्दिरबाट मूर्ति चोरी भएको छ। बर्दिबास नगरपालिका-१ मा नवनिर्मित दुर्गा मन्दिरमा गए राति भैरवको मूर्ति चोरी भएको हो।

मन्दिरको झ्याल ढोका तोडफोड गरी मूर्ति चोरी गरिएको स्थानीय युवा विजय पोखरेलले बताए। मूर्ति चोरी भएसँगै स्थानीय अहिले निकै आक्रोशित भएका छन्। यस मन्दिरमा गएको दशैंको सप्तमीको दिन मूर्ति स्थापना गरिएको थियो।

मूर्ति खोजिदिन स्थानीयले प्रशासनसँग माग गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved