नेपालसँग बंगलादेश २-१ ले पराजित

नेपालभ्युज

नेपालसँग बंगलादेश २-१ ले पराजित

काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले बंगलादेशको कृरा शिक्षा प्रतिष्ठानसँगको तीन म्याचको टी-ट्वान्टी शृंखलाको उपाधि २-१ ले जितेको छ। शृंखलाको अन्तिम खेलमा नेपालले आज बंगलादेशको टिमलाई सात विकेटले पराजित गर्‍यो।

खेलमा ५४ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो। जसका लागि कविता जोशीले १४ र सरिता मगरले १३ रनको योगदान दिए।

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशी टिमले सत्र औँ ओभरमा ५३ रन जोडेर अलआउट भएको थियो। नेपालकी कप्तान रुबिना क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै तीन ओभरमा मात्रै ६ रन दिएर चार विकेट लिएकी थिइन्। त्यसैगरी करुणा भण्डारीले दुई विकेट झारेकी थिइन्।

यो शृंखलामा २४ रनले पहिलो  खेल जितेको नेपालले दोस्रो खेलमा भने ५ विकेटले हार व्यहोरेको थियो।

नेपालकी कप्तान क्षेत्री प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन्।

२२ नोभेम्बरदेखि शुरु हुने टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरुप नेपालले यो शृंखला खेलेको हो। छनोट खेल अगाडि नोभेम्बर १६ देखि १८ सम्म नेपालले पहिलोपटक कतारसँग टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृंखला खेल्दैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved