प्रदेश २ : प्रदेश प्रमुख मिश्रद्वारा २ अध्यादेश जारी

प्रदेश २ : प्रदेश प्रमुख मिश्रद्वारा २ अध्यादेश जारी

जनकपुर । प्रदेश २ का प्रदेश प्रमुख हरि शंकर मिश्रले दुई वटा अध्यादेश जारी गरेका छन्। प्रदेश प्रमुख मिश्रले प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख मिश्रले जारी गरेका हुन्।

प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कार्तिक ९ गते दुई वटा अध्यादेश जारी गर्न सिफारिसको लागि प्रदेश प्रमुख समक्ष पठाउने निर्णय गरेको थियो।

प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा २०२ बमोजिम अध्यादेश जारी गरेका हुन्। राजविराजमा कृषि विश्व विद्यालय र वीरगंजमा प्राविधिक विश्व विद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढाउन प्रदेश सरकारले अध्यादेश सिफारिस गरेको थियो।

कृषि तथा प्राविधिक क्षेत्रका उच्चस्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धी अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेश स्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएको अध्यादेशमा उल्लेख गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved