संवैधानिक विधि अपनाउन बारलाई वकीलहरूको संविधान उपहार

संविधानको कुन धारा टेकेर प्रधानन्यायाधीशको राजीनामा मागियो ?-अधिवक्ता अर्जुन अर्याल

नेपालभ्युज

संवैधानिक विधि अपनाउन बारलाई वकीलहरूको संविधान उपहार

काठमाडौं । संवैधानिक बाटोबाट समस्या समाधान खोज्न आग्रह गर्दै नेपाल बार एशोसिएशनलाई संवैधानिक मञ्च, नेपालले नेपालको संविधान उपहार दिएको छ। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका न्यायाधीशहरूको बेञ्च बहिष्कार गर्ने कार्यप्रति समेत मञ्चले विरोध जनाएको छ।

सांकेतिक विरोधस्वरूप नेपाल बारका सदस्यलाई संविधान दिन आएका मञ्चका अध्यक्ष अर्जुन अर्यालले संविधानको कुन धारामा टेकेर प्रधानन्यायाधीशको राजीनामा मागिएको भनी बार र न्यायाधीशहरूलाई प्रश्न गरेका थिए।

साथै विरोधस्वरूप नेपाल बार एशोसिएशनलाई नेपालको संविधान उपहार दिई निम्न विषयमा मञ्चले ध्यानाकर्षण गराएको छ?

  •  प्रधानन्यायाधीशको बहिर्गमनका लागि छुट्टै विधि र प्रक्रिया भएकाले हाल घोषणा गरिएका आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइयोस् ।
  •  माननीय न्यायाधीशज्यूहरूलाई बेञ्च सुचारु गर्न नेपाल बारको तर्फबाट आग्रह गरियोस्।
  •  कानुन व्यवसायीलाई बहस पैरवी गर्ने वातावरण बनाइयोस्।
  •  न्यायपालिकाको समस्याको समाधानको लागि उच्च स्तरीय शक्तिशाली आयोग गठनको लागि पहल गरियोस्।
  •  न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन लागू गर्न नेपाल बारले पहल गरोस्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved