मंगलबार भारत भ्रमणमा जाँदै प्रधानसेनापति शर्मा

नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्नेछन्।

नेपालभ्युज

मंगलबार भारत भ्रमणमा जाँदै प्रधानसेनापति शर्मा
फाइल फोटो

काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली जाँदैछन्। भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी २३ देखि २६ कात्तिकसम्म भारत भ्रमणका लागि जान लागेका हुन्।

महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि आजै (सोमबार) बिदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ। उनलाई यही २४ कात्तिक बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ।

नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको सेनाले जनाएको छ।

नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved