सुडान। सुडानका सेना प्रमुख अब्देल फताह अल–बुरहानले नागरिक नेतृत्वको सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका छन्। सेना प्रमुख बुरहानले संक्रमणकालीन अवस्थापछि गठन हुने सरकारमा सेना सहभागी नहुने स्पष्ट पारेका हुन्। संक्रमण कालपछि आफूले सरकारमा हिस्सा नखोज्ने बताए।
सुडानी सेनाले अक्टोबर २५ मा सत्ता कब्जा लिएको थियो। सेनाले सत्ता कब्जा गरेको विरोधमा त्यहाँका जनताले दैनिक जसा सडकमा विरोध प्रदर्शन गर्दै आइरहेका छन्। सेनाले सत्ता कब्जा गरेको विरोधमा भएको प्रदर्शनमा १४ जना प्रदर्शनकारी मारिएका छन्। सोही प्रदर्शनमा ३०० जनाभन्दा बढी सर्वसाधारण घाइते भएको अलजजीरामा खबर छ।
सेना प्रमुख बुरहानले सेनाले सत्ता कब्जा लिए पछि भएको विरोधमा मारिएका प्रदर्शनकारीको जिम्मा आफूले नलिने बताए। अलजजिरामा प्रकाशित समाचार अनुसार प्रमुख बुर्हानले आफूले समयमै प्रजातान्त्रिक रूपमा चुनाव गराउने र सुडानी जनताको प्रजातान्त्रिक अधिकार सुनिश्चित गराउने प्रतिबद्धता जनाएका छन्।
‘हामी संक्रमणकालको अन्त्यपछि नागरिक सरकारलाई शक्ति हस्तान्तरण गर्न प्रतिबद्ध छौँ’, बुर्हानले भनेका छन्। उनले आफूहरूले कहिल्यै नागरिकको हत्या नगरेको र नगर्ने बताउँदै प्रदर्शनमा सेनाका कारण कसैको पनि मृत्यु नभएको जिकिर गरेका छन्।
Facebook Comment
Comment