देशको सपनमा पूरा गर्न ओली जिउँदो रहेसम्म साथ दिन्छु : प्रभु साह

साहले ओलीमा देश परिवर्तको सपना रहेकाले सोही सपना पूरा गर्न उनी जिउँदो रहेसम्म आफूले निस्वार्थ रुपमा साथ दिने प्रतिवद्धता व्यक्त गरे।

नेपालभ्युज

देशको सपनमा पूरा गर्न ओली जिउँदो रहेसम्म साथ दिन्छु : प्रभु साह
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका नेता प्रभु साहले एमालेका अध्यक्ष केपी शर्मा ओली जिउँदो रहेसम्म आफूले साथ दिने बताएका छन्। भरतपुर महानगरको एमाले अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै साहले यस्तो बताएका हुन्।

साहले ओलीमा देश परिवर्तको सपना रहेकाले सोही सपना पूरा गर्न उनी जिउँदो रहेसम्म आफूले निस्वार्थ रुपमा साथ दिने प्रतिवद्धता व्यक्त गरे। नेकपा विभाजन हुँदा ओलीसँगै रहने निर्णय लिएका साहले आफूले ओलीलाई जीवनभर साथ दिने बताएका हुन्।

एमाले र माओवादी केन्द्र छुट्टिँदा ओलीसँगै रहेका साह पछिल्लो समय विभिन्न माग राखेर एमालेको कार्यक्रममा देखिन छाडेका थिए। तर, ओलीको झापा यात्रामा सहभागी भएयता उनी ओलीसँगै देखिएका छन्।

भरतपुरको अधिवेशनमा अ‍ोलीसँगै सहभागी भएका साहले ओली अगाडि बढ्नुपर्ने भन्दै ओलीलाई बिनाशर्त साथ दिन आफू तयार रहेको बताएका हुन्। उनले आगामी निर्वाचनमा चितवन एमालेमय बन्ने पनि दाबी गरे।

साहले भने, ‘‘महाधिवेशनमा एमालेले आफ्नो तागत प्रदर्शन गर्नुपर्छ। कम्युनिष्टको भोट लिएर कांग्रेसलाई दिनेहरुलाई चितवनका जनताले चिन्नुपर्छ। अब त्यस्तालाई जनताले सजाय दिनुपर्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved