२८ सय नाघ्यो नेप्से परिसूचक, कारोबार पनि बढ्यो

नेपालभ्युज

काठमाडौं। साताको पहिलो दिन शेयर बजार ५५ दशमलव ५० अंकले बढेर २ हजार ८३७ दशमलव ६१ बिन्दूमा पुगेर बजार बन्द भएको छ। यस दिन १३ समूहमा बैंकिङबाहेकका सबै समूह उकालो लागेको छ।

आइतबार २३२ ओटा कम्पनीको कारोबार भएकोमा युनाइटेड इन्स्योरेन्स कम्पनी,चन्द्रागिरी हिल्स,सामुदायिक लघुवित्त वित्तीय संस्था, हिमालयन उर्जा विकास कम्पनी,लुम्बिनी विकास बैंक,पाँचथर पावर र साहस उर्जाको शेयरमा सकारात्मक सर्किट लागेको छ।

यसैगरी सर्वाधिक एभरेष्ट बैंकको शेयरमूल्य ६ दशमलव ५० प्रतिशतले घटेर ६९१ रुपैयाँमा सीमित भएको छ।

यस दिन परिसूचकसँगै काराेबार रकममा पनि बृद्धि भएको छ। यस दिन ७ अर्ब ८२ करोड ३२ लाख रुपैयाँको १ करोड ३८ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved