यस वर्ष विपदबाट हालसम्म १२१ को मृत्यु, २८ जना बेपत्ता

यस वर्ष विपदबाट हालसम्म १२१ को मृत्यु, २८ जना बेपत्ता
सांकेतिक तस्वीर।

काठमाडौं। यस वर्षको १४ कात्तिकसम्म देशभर विपद्का घटनाबाट १ सय २१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले  दिएको जानकारीअनुसार बाढीपहिरामा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन्।

कूल ४४ घाइते रहेका र १ सय ७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ। गत ३१ असोजदेखि ३ कात्तिकसम्म परेको अविरल वर्षाका कारण देशभर ठूलो मात्रामा मानवीय र भौतिक क्षति पुगेको छ।

मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो। वर्षाका कारण नेपालको पूर्व र पश्चिम क्षेत्र नराम्ररी प्रभावित भएको थियो। ठूला-ठूला पहिराले मानवीय क्षति बढी गराएको हो।

प्राप्त विवरणअनुसार सबैभन्दा बढी ३ कात्तिकमा ६३ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए। ४ कात्तिकमा २९ जनाको मृत्यु भएको थियो भने ५ कात्तिकमा १३ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

हराइरहेकाको खोजी जारी रहेको र राहत तथा अस्थायी आश्रयस्थलको व्यवस्थापन जारी रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved