इजलास चल्नुपर्छ भन्ने अधिवक्तामाथि कुटपिट

नेपालभ्युज

इजलास चल्नुपर्छ भन्ने अधिवक्तामाथि कुटपिट

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जबराको राजीनामा माग गरी आन्दोलनरत कानून व्यवसायी हातपातमा उत्रिएका छन्। शुक्रबार इजलास चल्नुपर्छ भनी अन्तर्वार्ता दिएका भूमिनन्द चुँडालमाथि हातपात भएको हो।

नेपाल बार एशोसिएसनको परिसरमै अधिवक्ता विराट न्यौपानेले चुँडालमाथि हातपात गरेका हुन् ।

चुँडालले इजलास चल्नुपर्नेमा जोड दिँदै अन्तर्वार्ता दिइरहेका बेला ‘न्यायालयविरुद्ध किन बोलिस्’ भनेर आफूमाथि हातपात भएको बताए। उनले कुटपिटविरुद्ध कानूनी प्रक्रियामा जाने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved