तास खेलिरहेका वडाध्यक्षसहित नौ जना पक्राउ

होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

तास खेलिरहेका वडाध्यक्षसहित नौ जना पक्राउ
सांकेतिक तस्वीर

नुवाकोट। नुवाकोटमा तास खेलिरहेका वडाध्यक्षसहित नौ जना पक्राउ परेका छन्। सूर्यगढी गाउँपालिका-५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बिदुर नगरपालिका-४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

कार्कीका अनुसार पक्राउ पर्ने अन्यमा बिदुर-१ का कृष्ण विश्वकर्मा, बिदुर-४ का केशवप्रसाद पन्त, बिदुर-५ का नवीन चित्रकार, बिदुर-६ का मच्छिन्द्र परियार, बेलकोटगढी नपा-१० का सन्तोष त्रिपाठी, लिखु गापा-३ का राजु पन्त, दार्चुला घर भएर हाल बिदुर-६ बस्दै आएका पदमसिंह धामी र भारतको मोतिहारी घर भएर हाल बट्टारमा बस्दै आएका ईश्वर गुप्ता रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले हारजित हुने गरेर खेलिरहेको तासको खालबाट १६० पत्ती ताससहित तीन लाख ५२ हजार रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धानपश्चात् कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा जुवा ऐनमा मुद्दा दर्ता गर्ने प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved