बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए शपथ

नेपालभ्युज

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए शपथ

काठमाडौं। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन्।

पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद्मा पाण्डेसहित सामाजिक विकास मन्त्री माओवादी उपनेता कुमारी मुक्तान, भौतिक पुर्वाधार विकास मन्त्री कांग्रेस उपनेता कृष्ण लाल भडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री नेकपा एस उपनेता कृष्ण खनालले शपथ लिएका छन्।

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे आजै बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले उपलब्ध गराएको समय बिहीबार दिउँसो ३ बजेसम्ममा उनले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए।

गठबन्धनबाट बुधबार नै बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष उनले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र बुझाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved