कर्णालीमा अध्यादेश लोकसेवा सम्बन्धी अध्यादेश जारी

प्रदेशसभाबाट पारित ऐनमा विभिन्न त्रुटि भएको पाइएपछि सरकारले संशोधन ऐन ल्याउने तयारी गरेको थियो। प्रदेशसभा अधिवेशन बोलाउने टुंगो नहुँदा प्रदेश सरकारले अध्यादेशमार्फत उक्त ऐन संशोधन गरेको हो।

नेपालभ्युज

कर्णालीमा अध्यादेश लोकसेवा सम्बन्धी अध्यादेश जारी

सुर्खेत। कर्णाली प्रदेश सरकारले लोकसेवासम्बन्धी अध्यादेश ल्याएको छ। प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले अध्यादेश जारी गरेका हुन्।

प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम मंगलबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गरेका हुन्।

प्रदेशसभाबाट पारित ऐनमा विभिन्न त्रुटि भएको पाइएपछि सरकारले संशोधन ऐन ल्याउने तयारी गरेको थियो। प्रदेशसभा अधिवेशन बोलाउने टुंगो नहुँदा प्रदेश सरकारले अध्यादेशमार्फत उक्त ऐन संशोधन गरेको हो।

प्रदेश लोकसेवा आयोगका पदाधिकारी नियुक्त भएको लामो समय बितिसक्दासमेत ऐन संशोधन नहुँदा कामकाज प्रभावित भएको थियो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र पठाएको दुई दिनपछि प्रदेश प्रमुख कलौनीले अध्यादेश जारी गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved