नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीश असफल भए, अब निकास दिनुपर्छ

बारका अध्यक्ष श्रेष्ठले न्याय क्षेत्रको सुधारको लागि जबराले कुनै प्रयास नगरेको बताए। बारलेसमेत सघाउन तयार रहेको अवस्थामा समेत जबराले कुनै कदम नचालेको उनले बताए।

नेपाल भ्यूज

नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीश असफल भए, अब निकास दिनुपर्छ
फाइल तस्वीर

काठमाडौं। नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायिक नेतृत्वमा असफल भएको निष्कर्ष निकालेको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबरा सर्वोच्चको नेतृत्वमा असफल भएको बताए ।

आज (सोमबार) बसेको बारको बैठकपछि बोल्दै अध्यक्ष श्रेष्ठले न्याय क्षेत्रको सुधारको लागि जबराले कुनै प्रयास नगरेको बताए। बारलेसमेत सघाउन तयार रहेको अवस्थामा समेत जबराले कुनै कदम नचालेको उनले बताए।

प्रधानन्यायाधीश जबराले बारसहित न्यायाधीशहरुको बैठक बोलाएर छलफल गर्ने भने पनि उनी असफल भएको अध्यक्ष श्रेष्ठले बताए। जबराले बैठक राख्न नसकेका कारण अब उनीबाट त्यो काम नहुने निष्कर्षमा बार पुगेको उनले बताए।

“नर्मल डेलिभरी होला भनेर कुरेको, तर अप्रेसन नगरी नहुने भयो । कतिबेला कसरी अप्रेसन गर्ने भनेर हामीले भोलि बारका पूर्वपदाधिकारी, सल्लाहकारसँग छलफल गरेर निर्णय गर्छौँ”, उनले भने, “अब प्रधानन्यायाधीशले निकास दिनुपर्छ।”

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved