सर्वोच्चका न्यायाधीशले भोलि प्रधानन्यायाधीशलाई राजीनामाको लागि आग्रह गर्ने

न्यायाधीशहरूले भोलि ११ बजेपछि प्रधानन्यायाधिश राणालाई भेटेर राजीनामा दिन आग्रह गर्ने निर्णय लिएका हुन्।

नेपालभ्युज

काठमाडौं। फूल कोर्ट बहिस्कार गर्ने निर्णय गरेका सर्वोच्चका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन आग्रह गर्ने भएका छन्।

आज भर्खरै बैठक बसेका १३ न्यायाधीशहरूले भोलि ११ बजेपछि प्रधानन्यायाधिश राणालाई भेटेर राजीनामा दिन आग्रह गर्ने निर्णय लिएका हुन्। आज पेशी ताेकिए पनि इजलास छाडेर न्यायाधीशहरु अलग्गै छलफलमा बसेका थिए।

हिजाे फुल काेर्ट बहिस्कार गर्ने निर्णय गरेका १४ न्यायाधीशमध्ये नहकुल सुवेदी बाहेकका न्यायाधीशहरु आज छुट्टै छलफलमा बसेका हुन्।

“न्यायाधीशहरूले भोलि बिहान ११ बजेपछि प्रधान्यायाधीशलाई भेटेर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय लिनुभएको छ”, सर्वोच्च अदालत परिसरमा नाम नखुलाउन आग्रह गर्दै स्रोतले भन्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved