दाङमा बस दुर्घटना, सहचालकको मृत्यु , २१ घाइते

नेपालभ्युज

दाङमा बस दुर्घटना, सहचालकको मृत्यु , २१ घाइते
सांकेतिक तस्वीर

दाङ । दाङमा यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। २१ जना घाइते भएका छन्। तुलसीपुर–घोराही सडक खण्डको मोतीपुरमा भएको बस दुर्घटनामा परी बसका सहचालक २८ वर्षीय प्रेम परियारको मृत्यु भएको हो।

दाङ सदरमुकाम घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रु बाहक बस आइतबार साँझ दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए। घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना६ख ७६३३ नम्बरको बस तुलसीपुर ६ मोतीपुरमा दुर्घटना भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved