बाढी पहिरोमा परेकाको उद्धारमा नेपाली सेना

बाढी पहिरोमा परेकाको उद्धारमा नेपाली सेना

काठमाडौँ। नेपाली सेनाले देशका विभिन्न स्थानमा बाढी पहिरो गई जनजीवन प्रभावित इलाकामा जनशक्ति तथा स्रोत साधन प्रयोग गरी खोज तथा उद्धार सञ्चालन गरेको छ। सो कार्यबमोजिम कात्तिक २ गते कालिकोट राम्नी इलाकामा जोखिममा रहेका करिब ६० घरधुरीका २५० देखि ३०० जना स्थानीयलाई राम माध्यमिक विद्यालय र स्वास्थ्य चौकीको भवनमा सार्नुका साथै पहिरोमा पुरिएका खाद्यान्न, लत्ता कपडा र अन्य चलअचल सामान निकाल्ने कार्य गरिएको थियो।

कालिकोटकै खाडाचक्र नगरपालिका–६ पिलि–बिर्तामोड खण्डमा पहिरोसँगै ठुलो ढुङ्गा झरेर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएपश्चात् उक्त ढुङ्गालाई अन्य सुरक्षा निकायको सहकार्यमा विस्फोटनमार्फत हटाइ राजमार्ग सुचारु गरेको सेनाले जनाएको छ।

अविरल वर्षाको कारण डोटी सायल गाउँपालिका–४ भल्मामा ३० वर्षीय जङ्गबहादुर विष्टको घर पहिरामा परी निजको मृत्यु भएकामा सेनाले सो शव निकाल्ने कार्य गरेको थियो।

सेनाद्वारा रसुवा जिल्ला गोसाईंकुण्ड गाउँपालिका–५ स्थित गोसाईंकुण्ड दर्शन गर्न जाने क्रममा ललितपुरका वर्ष २७ का राजाराम सुनार अत्यधिक चिसोको कारण लेक लागि धिम्सा इलाकामा अचेत अवस्थामा रहेको खबर प्राप्त भएपछि सेनाले उक्त बिरामीलाई थप उपचारको लागि रसुवा अस्पताल, धुन्चेमा पुर्‍याइएको जनाएको छ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved