दुर्घटनामा परी सर्लाहीमा तीन जनाको मृत्यु

दुर्घटनामा परी सर्लाहीमा तीन जनाको मृत्यु
सांकेतिक तस्वीर

सर्लाही । शनिबार बेग्लाबेग्लै दुर्घटनामा परेर जिल्लामा तीन जनाको मृत्यु भएको छ। करेन्ट लागेर दुई जनाको र एक बालकलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ईश्वरपुर नगरपालिका–१५ सुकनाहामा ट्युबेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका–७ मोहनगङ्जका २८ वर्षीया पपितादेवी साहको मृत्यु भएको ब्रहम्पुरी कार्यपालिका सदस्य ललन साहले जानकारी दिए।

यसैगरी करेन्ट लागेर नै ब्रहम्पुरी-२ का ४० वर्षीय सुरेन्द्र साहको मृत्यु भएको सो कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए। विद्युतीय पोलमा वाइफाइको तार जोड्न जाँदा साहलाई शनिबार साँझ करेन्ट लागेको थियो।

यसैबीच बागमती नगरपालिका–५ मा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बागमती –८ का १४ वर्षीय बालक प्रकाशबहादुर थिङको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved