सरकारले राहतको विशेष प्याकेज ल्याउँछ : मन्त्री बडू

“पुनर्निर्माणभन्दा पनि तत्काल राहत पाउनुपर्ने वर्ग किसान हो,” मन्त्री बडूले भने, “योजनाबद्ध ढङ्गले राहत र पुनःस्थापनामा सरकार लाग्छ ।”

नेपालभ्युज

सरकारले राहतको विशेष प्याकेज ल्याउँछ : मन्त्री बडू

कञ्चनपुर। कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै यसलाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन्।

नेपाली कांग्रेस कञ्चनपुर शाखाले शनिबार बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री बडूले बाढी पहिरो घटनामा प्रधानमन्त्रीले राहत र पुनर्निर्माणका लागि विशेष चासो दिएका बताए।

“पुनर्निर्माणभन्दा पनि तत्काल राहत पाउनुपर्ने वर्ग किसान हो,” मन्त्री बडूले भने, “योजनाबद्ध ढङ्गले राहत र पुनःस्थापनामा सरकार लाग्छ ।”

बाढी र पहिरोबाट भएको क्षतिका कारण पुनर्निर्माणमा ढिलाइ भए पनि राहत प्याकेज तत्काल ल्याइने उल्लेख गर्दै बडूले भने, “देशभरको क्षतिको अवस्था हेर्दा वैदेशिक सहायता जुटाएर पनि जनताको पीडामा मल्हम लगाउँछौँ।”

फरक प्रसङ्गमा मन्त्री बडूले नेपाली कांग्रेसलाई मुलुक हाँक्ने जिम्मेवारी आएको बताए। “मुलुकको सफलता र संविधानको रक्षाका लागि सरकारमा आयौँ,” उनले भने, “अहिले हाम्रासामु चुनौतीहरु पनि धेरै छन्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved