टी-ट्वान्टी विश्वकप क्रिकेट

दोस्रो जितसँगै श्रीलंका सुपर १२ मा

श्रीलंकाले दिएको १७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १०१ रनमा समेटियो ।

नेपालभ्युज

दोस्रो जितसँगै श्रीलंका सुपर १२ मा

काठमाडौं। आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकाले लगातार दोस्रो जित निकालेको छ। दोस्रो जितसँगै उसले सुपर १२ मा आफ्नो स्थान सुरक्षित गरेको छ।

युएई र ओमानमा जारी विश्वकप क्रिकेट अन्तर्गत गएरातिको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ७० रनले पराजित गर्यो। यो श्रीलंकाको लगातार दोस्रो जित हो।

आबुधाबीमा बुधबार राति श्रीलंकाले आयरल्याण्डलाई ७० रनले पराजित गर्दै सुपर १२ मा स्थान सुरक्षित गरेको हो। श्रीलंकाले दिएको १७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १०१ रनमा समेटियो ।

आयरल्याण्डका लागि एण्डी बलबिर्नीले ४१ रन बनाए। यस्तै कर्टिस च्याम्परले २४ रन बनाउँदा बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। श्रीलंकाका महीश थीक्सनाले ३ तथा लाहिरु कुमारा र चमिका करुणरत्नेले २२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७१ रन बनायो। उसका लागि वानिन्दु डे सिल्भाले ७१ तथा पथुम निशन्काले ६१ र दासुन शनकाले २१ रन बनाए। आयरल्याण्डका जोस लिटलले ४ तथा मार्क अदैरले २ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved