बढ्यो सार्वजनिक सवारीको भाडा, अब चढ्नासाथ १८ रुपैयाँ

नेपाल भ्युज

बढ्यो सार्वजनिक सवारीको भाडा, अब चढ्नासाथ १८ रुपैयाँ
फाइल तस्वीर

काठमाडौं । बागमती प्रदेश सरकारले आज (कात्तिक १) लागु हुनेगरी यातायात भाडादर वृद्धि गरेको छ।

विभिन्न माग राख्दै यातायात व्यवसायीले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअगाडि असोज २१ गते धर्ना दिएसँगै प्रदेश सरकारले नयाँ भाडादर कायम गरेको हो।जसअनुसार उपत्यकाका तीन वटा जिल्लाबाहेक १० वटा जिल्लामा २३ प्रतिशतको दरले भाडा वृद्धि भएको हो।

अब काठमाडौंमा पाँच किलोमिटरसम्म यात्रा गर्दा यात्रुले १५ को सट्टा १८ रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ। त्यसैगरी १० किलोमिटरसम्म २३ रुपैयाँ कायम गरिएको छ। १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटसम्म ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ भाडादर कायम गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गत २७ असारको मन्त्रिस्तरको निर्णय र यातायात व्यवस्था विभागबाट २९ असारको निर्णयबाट अन्तरप्रदेश रुटको भाडा समायोजन गरिएको हो।

जसअनुसार प्रदेशभित्र सञ्चालन हुने छोटो रुटका हकमा प्रदेश सरकारबाटै भाडा समायोजन गरिनुपर्ने कानूनी व्यवस्था थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved