मिर्चैयाका एक व्यक्तिको घाँटी रेटी हत्या

नेपालभ्युज

मिर्चैयाका एक व्यक्तिको घाँटी रेटी हत्या
सांकेतिक तस्वीर

सिरहा। मिर्चैयाका ४० बर्षीय शम्भु पण्डित धनुुषामा आइतबार मृत फेला परेका छन्। नगराइन नगरापालिकाको  वडा  नम्बर पाँच गंगुलीमा पण्डितको शव घाटी काटिएको अवस्थामा फेला परेको हो।

स्थानीयले बिहानै गाउँको झाडी नजिक शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

धनुषा प्रहरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved