‘पारसयुग’पछि नेपाली क्रिकेटका तीन चुनौती

पारस भन्छन्, “मैदान बाहिरबाट काम गर्नेछु”

‘पारसयुग’पछि नेपाली क्रिकेटका तीन चुनौती
फाइल तस्वीर

काठमाडौं। गत १९ साउन बिहानै सामाजिक सञ्जालमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको एउटा पोष्टले नेपाली क्रिकेट समर्थक माझ ठूलो तरंग ल्यायो।

पारसले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्याशित संन्यास घोषणा गरे। खेलाडीको रूपमा अन्तर्राष्ट्रिय क्रिकेट यात्रा टुंग्याएपछि पारस पछिल्लो समय गायब जत्तिकै छन्। यसबीचमा उनी औपचारिक कार्यक्रममा पनि विरलै देखिन्छन्।

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि घरेलु क्रिकेट भने खेल्ने पारसले सन्यास घोषणापछिको पत्रकार सम्मेलनमा स्पष्ट पारेका थिए। गत फागुनमा थाइल्याण्डमा भएको एसीसी एशिया कप छनोटमा आयोजक थाइल्याण्डसँगको खेल खेलपछि उनी मैदानमा उत्रिएका छैनन्। लामो समयदेखि नेपाली समर्थकहरू घरेलु क्रिकेटमा भए पनि पारसको खेलको प्रतीक्षामा थिए।

एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने खेलाडीको सूचिमा पनि उनको नाम आएन। हाल घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिताको रूपमा स्थापित भइसकेको यो वर्षको ईपीएल पनि पारसले खेलेनन्।

पारस अहिले कता छन् त त्यसोभएरु धेरै नेपाली क्रिकेट समर्थकहरूको कौतुहलताको विषय हो योरु आखिर संन्यास घोषणा पछि के गर्दैछन् त पारस ?

उनकै भाषामा भन्दा पारस अहिले बेरोजगार छन्, केही समयदेखि। तर यो उनको ठट्टा थियो। क्रिकेट पारसका लागि रोजगारीको विषय होइन। यो त उनको “प्यासन” हो, उनको जिन्दगी हो।

उनी भन्छन्, “करिब १८ वर्ष नेपाली क्रिकेटमा बिताइसकेपछि, मेरो वास्तविक करिअर त अब शुरु भएको छ, अहिले म एउटा बाटो बनाउँदै छु जसमा क्रिकेट हुनेछ। सो बाटो हुँदै नेपाल फुल फेज क्रिकेटिङ नेशन भएको हेर्ने सपनालाई सहयोग गर्नेछु। नेपालले टेष्ट मान्यता पाओस् भन्ने चाहना पूरा गर्न मैदान बाहिरबाट काम गर्नेछु।”

ठ्याक्कै के गर्दैछन् त पारस अहिले ?

पारस, हाल नेपाललाई क्रिकेटको सबैभन्दा उच्चस्तरको फर्म्याट मानिने टेष्ट क्रिकेटसम्म पुर्‍याउन उद्देश्य लिएर योजनामा लागेका छन्। तर मैदान बाहिर रहेर।
नेपालको टेष्ट क्रिकेटको कठिन यात्राका लागि नयाँ पुस्ताको खेलाडी जन्माउन पारस क्रिकेट एकडेमी सञ्चालन गर्ने तयारीमा छन्।

उनले आफ्नो एकडेमीको नाम दिएका छन्, ‘क्रिकेट एक्सेलेन्स सेन्टर ९सीईसी०’। जसले भविष्यमा क्रिकेटका उत्कृष्ट प्रतिभा जन्माउने लक्ष्य राखेको छ। उनको धेरै समयअघि देखिको एउटा सपना थियो, क्रिकेट एकडेमी सञ्चालन गर्ने। तर आफै खेलाडी र कप्तानका रूपमा क्रिकेटमै व्यस्त रहेकाले त्यो योजना पूरा गर्न पाएका थिएनन्। संन्यास पछि त्यो काममा उनी जोडतोडले लागेका छन्।

उक्त एकडेमी सञ्चालनबारे पारस भन्छन्, “तयारी अन्तिम चरणमा पुगिसकेको छ, आउँदो २(३ महीनामै एकडेमी सुचारु हुनेछ। यो एकडेमी अहिलेलाई काठमाडौंबाट शुरु हुँदै छ, जसले पछि देशैभरि र काठमाडौंमा पनि विभिन्न ठाउँमा पनि शाखा खोलेर खेलाडी उत्पादन गर्नेछ।”

क्रिकेटका प्रतिभाले कसरी यो ऐकडेमीसम्मको यात्रा तय गर्नेछन् त भन्ने प्रश्नमा पारसले नेपालभ्यूजलाई बताए, “यो एकडेमी सबैका लागि हो, देशभरिबाट ट्यालेन्ट हन्ट सञ्चाल गरेर एकडेमीमा रहने बच्चाको छनोट गरिनेछ। यो ऐकडेमीमा जोडिने सबैलाई पूर्ण छात्रवृत्ति दिन नसके पनि आर्थिक अवस्था कमजोर भएका तर राम्रो क्रिकेट खेल्ने बच्चाका लागि भने आवश्यक्ताअनुसार छात्रवृत्ति व्यवस्था पनि हामीले गर्नैछौं।”

पारसको संन्याससँगै नेपाली त्रिकेटको एउटा स्वर्णिम युगको अन्त्य भयो। उनले करिब १८ वर्ष खेलाडीका रूपमा नेपाली त्रिकेटमा रहँदा अतुलनीय गुन लगाए। नेपाली त्रिकेटमा खेलाडीको रूपमा पारसको योगदान जति छ कप्तानको रूपमा पनि त्योभन्दा कम छैन।

सन् २००२ मा नेपाली यू-१५ क्रिकेट टिममा परेका पारसले दुई वर्षपछि नै राष्ट्रिय टिममा डेब्यू गरेका थिए। यसपछि सन् २००९ मा २२ वर्षको उमेरमा उनले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी पाए।

उनकै कप्तानीमा सन् २०१० मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को विश्व क्रिकेट लिग डिभिजन-५ मा रहेको नेपालले आठ वर्षको अवधिमा लिग डिभिजन-५, ४ र ३ को पनि उपाधि जित्यो। यसपछि लिग डिभिजन-२ मा पुगेर सन् २०१८ मा नेपालले आईसीसीको एकदिवसीय मान्यता प्राप्त गर्दा पनि पारस नै कप्तान थिए।

नेपाली त्रिकेट इतिहासकै गौरवको क्षणको रूपमा, पहिलो पटक टी-ट्वान्टी विश्व कपका लागि छनोट हुँदा र नेपालले बङ्लादेशमा भएको सन् २०१४ को टी-ट्वान्टी विश्वकप खेल्यो। जहाँ पनि पारस नै कप्तान थिए।

पारसको युगमा नेपाली क्रिकेट सफलताको एउटा उचाइमा पुग्यो। उनको सन्याससँगै त्यो सफल युगको पनि अन्त्य भएको छ। नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै पारसले खेलाडीको रूपमा नेपाली क्रिकेटलाई चटक्कै छाडेका छन्।

अबको नयाँ पुस्तालाई प्रमुख चुनौती यो छ कि ‘पारस एरा’ अर्थात् पारसको युगमा क्रिकेटमा पाएको उपलब्धिलाई कसरी जोगाउने। एउटा भनाइ छ, ‘सफलताको शिखरमा पुग्न सजिलो छ तर त्यो शिखरमा टिकिरहन निकै गाह्रो।’

नेपाली क्रिकेट ‘पोष्ट पारस एरा’ मा प्रवेस गरिसक्यो। अतः यो समयमा नेपाली क्रिकेट टिमसामु आइपर्ने प्रमुख तीन चुनौती यस्ता छन्। टी-ट्वान्टी विश्वकपमा छनोट हुने
पारसपछिको नेपाली त्रिकेट टिमको पहिलो प्रमुख चुनौती हो।

अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकपका लागि नेपालले छनोट प्रतियोगिता खेल्दैछ। १६ टिम सहभागी हुने छनोट प्रतियोगितामा नेपालले विश्व वरीयताका आधारमा स्थान सुरक्षित गरिसकेको छ। यो छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सके र शीर्ष ४ टिमभित्र पर्न सके नेपालले सन् २०२२ को टी-ट्वान्टी विश्वकप खेल्न पाउनेछ।

सन् २०१४ को टी-ट्वान्टी विश्वकप क्रिकेट नेपालले खेलेका हालसम्मका बहुराष्ट्रिय प्रतियोगितामध्ये उच्चकोटीको प्रतियोगिता थियो। उक्त विश्व कपका लागि छनोट भएको र सहभागिता जनाएको क्षण नेपाली खेलकुद इतिहासमा स्वर्णिम अक्षरले लेखिएको छ।

तर २०१४ पछिको अर्को दुई संस्करणको टी-ट्वान्टी विश्वकपका लागि भने नेपाल छनोट हुन सकेन। आईसीसीको टी-ट्वान्टी वरीयता क्रममा नेपालको स्थान लगातार माथिल्लो स्थानमा रहँदै आएको छ। टेष्ट मान्यताप्राप्त राष्ट्रबाहे नेपाल प्रायः अग्रस्थानमा रहने गरेको छ। तर पनि नेपालले दास्रो पटक विश्वकप खेल्ने मौका सिर्जना गर्न सकेको छैन।

एकदिवसीय विश्वकपका लागि छनोट हुने र ओडीआई मान्यता जोगाउने

क्रिकेटमा टी-ट्वान्टी विश्वकप खेलेर इतिहास रचे पनि नेपालले एकदिवसीय विश्वकप भने हालसम्म खेल्न पाएको छैन। युवा खेलाडीको बाहुल्य रहेको रहेको राष्ट्रिय टिमको प्रमुख चुनौती ५० ओभरको एकदिवसीय विश्वकपका लागि पनि छनोट भएर अर्को इतिहास रच्नु हो।

एकदिवसीय विश्वकप सन् २०२३ मा भारतमा आयोजना हुँदैछ। नेपाल हाल उक्त विश्वकपको छनोट प्रतियोगिता खेल्ने बाटोको रूपमा रहेको विश्व क्रिकेट लिग डिभिजन-२ का खेलहरू खेलिरहेको छ।

लिग डिभिजन-२ मा नेपालसहित सात राष्ट्र सहभागी छन्। यी प्रत्येक राष्ट्रले होम एण्ड अवे गरी एकअर्कासँग नौ-नौ वटा सिरिज खेल्नेछन्। प्रत्येक सिरिजमा प्रत्येक राष्ट्रले कूल चार-चार खेल गरी कुल ३६ खेल खेल्नेछन्।

यदि यो प्रतियोगिताको अन्त्यसम्म शीर्ष तीनमा पर्न सके नेपालले एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ। शीर्ष तिनमा पर्न सकेन भने प्ले अफमार्फत छनोट प्रतियोगितामा प्रवेश पाउने वैकल्पिक सम्भावना पनि रहन्छ।

विश्वकपको छनोट प्रतियोगितामा भने १० राष्ट्रले खेल्नेछन्। जसबाट मात्र दुई टिमले एकदिवसीय विश्वकपको ढोका खेल्नेछन्। त्यसैगरी सन् २०१८ मा नेपाललाई आईसीसीले प्रदान गरेको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) को मान्यता सकिन अब लगभग दुई वर्ष मात्र बाँकी छ।

उक्त ओडीआई मान्यता जोगाइराख्नु पनि नेपाली क्रिकेट टिमको अर्को चुनौती हुनेछ। जसका लागि नेपाल सकेसम्म पहिले जारी लिग डिभिजन-२ को शीर्ष तिनमा पर्नु आवश्यक छ। त्यसपछि विश्वकप छनोटमा पनि राम्रो प्रदर्शन गर्न सके उक्त प्रदर्शनका आधारमा आईसीसीले नेपालको ओडीआई मान्यत यथावत् राखिदिन सक्छ।

टेष्ट मान्यता प्राप्त गर्ने

नेपाली क्रिकेटको समग्रमा सबैभन्दा महान् सपना भनेको आईसीसीबाट टेष्ट मान्यता पाउनु हो। यो सपनालाई अबको पुस्ताले चुनौतीको रूपमा लिनुपर्छ।
यदि नेपालले टेष्ट म्याच खेल्ने राष्ट्रको मान्यता पाएमा त्यसले नेपाली क्रिकेटको विकास गर्न र गुणस्तर वृद्धि गर्न अकल्पनीय योगदान गर्छ।

नेपालले टेष्ट राष्ट्रको मान्यता पाएको सपना देख्ने प्रमुख खेलाडी पारस अब आफै नेपालको जर्सी लगाएर राष्ट्रिय टिमबाट मैदानमा उत्रने छैनन्, त्यसोभए नेपालले अब टेष्ट क्रिकेट कहिले खेल्छ त भन्ने प्रश्नमा पारस भन्छन्, “टेष्ट क्रिकेट खेल्ने हाम्रो काल्पनिक रहर हो, तर आईसीसीबाट टेष्ट मान्यता पाउनु त्यति सजिलो भने छैन।”

उनी थप्छन्, “यसका लागि भौतिक पूर्वाधार सँगसँगै घरेलु क्रिकेटको विकासमा पनि जोड दिनुपर्छ। त्यसैगरी टिमको प्रदर्शन पनि उच्च तहमा पुग्नु आवश्यक छ, अनि मात्र ७(८ वर्षदेखि १०(१२ वर्षभित्र सायद नेपालले टेष्ट मान्यता पाउन सक्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved