२० तस्वीरमा हेर्नुहोस् सुनसान काठमाडौं

टीका बन्धन

२८ असोज २०७८ १५:३८ 0 प्रतिक्रिया

काठमाडौं। सँधै अस्तव्यस्त देखिने काठमाडौंका सडक दशैं लागेसँगै सुनसान देखिएका छन्। निजी सवारीको चाप निकै घटेको छ। सार्वजनिक यातायात फाट्टफुट्ट मात्रै देखिन्छन्।

दशैं मनाउन लाखौं मानिस घर फर्किएपछि काठमाडौंमा मानिसको भिडभाड समेत घटेको छ। प्रत्येक वर्ष दशैंमा २० लाखभन्दा बढीले उपत्यका छोड्ने गरेकोमा कोभिड संक्रमणपछि भने यो संख्या घटेको छ। अघिल्लो वर्ष पाँच लाख मात्रै उपत्यकाबाट बाहिरिएकामा यो वर्ष करीब १२ लाखले उपत्यका छाडेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

यो वर्ष पनि कोरोना संक्रमण जोखिमले उपत्यका छाड्नेहरुको चाप दुई वर्षअघि जस्तो नदेखिएको महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दास बताउँछन्। उपत्यकाका शक्तिपीठहरूमा भने पूजाआजा गर्नेहरूको भीड छ। कोटेश्वर, लगनखेल–मंगलबजार, न्यूरोड, रत्नपार्क लगायतका फुटपाथमा कपडा र अन्य सामान किनबेच गर्नेहरूको चहलपहल छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved