राजसंस्थाविनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा शाहले सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ बनाएको भन्दै मौलिक धर्म र संस्कृतिमाथि भएको आक्रमणप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

नेपालभ्युज

राजसंस्थाविनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविनाको प्रजातन्त्र नेपाल जस्तो मुलुकका लागि सान्दर्भिक हुन नसक्ने बताएका छन्। देशको वातावरणले बेग्लै जिम्मेवारी लिन आफूलाई बाध्य पारे पनि प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र सान्दर्भिक नहुने उनले बताएका हुन्।

दशैँको उपलक्ष्यमा शुभकामना दिँदै पूर्वराजा शाहले सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ बनाएको भन्दै मौलिक धर्म र संस्कृतिमाथि भएको आक्रमणप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

मंगलबार जारी गरिएको भिडियो शुभकामनामा उनले नेपाली समाज सनातनी आदर्श र पुर्ख्यौली पौरखबाट टाढा नरहेको बताउँदै  वर्तमान राज्य प्रणाली त्यस अनुरुप नभएको बताएका छन्।

लोककल्याणका हेतु राजनीतिक स्वच्छता, जनप्रियता र जन आकांक्षा अगाडि बढ्नु पर्ने बताउँदै उनले वर्तमान राजनीति आफू र आफ्नो समूह र गुट उपगुटमा अल्झिएको आरोप समेत लगाए।

कोरोना महामारी, बेरोजगारी, महंगी र अस्थिरताको भूमरीमा जनता फसेको बताउँदै पूर्वराजा ज्ञानेन्द्रले यस्तो अवस्थामा जनताले सरकारको अनुभूति गर्न पाएका छन् कि छैनन् भन्ने प्रश्न समेत गरेका छन्।

परिर्वतनको मर्म देशसँग अन्तर सम्बन्धित हुने बताउँदै परिर्वतनको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभव गर्न पाउनुपर्ने उनले जिकिर गरे। शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्यापारिकरण र भष्टाचार मौलाएको औलाउँदै उनले यस्ता गतिविधिले सिमित व्यक्तिलाई मात्रै फाइदा पुग्ने बताए।

आफ्नो सम्बोधनका क्रममा उनले नेपालको न्याय क्षेत्रमा देखिएको विचलनले देशका अन्य क्षेत्रलाई निराशा बनाएको समेत बताएका छन्।

यस्तै देशको राष्ट्रित हितमा केन्द्रित हुनुपर्ने परराष्ट्र नीति असन्तुलित भई राष्ट्रिय सुरक्षा र स्वार्थमा चुनौती थपिएको उनको दाबी छ।

राष्ट्रिय आवश्यकता र परिधि बाहिर गएर आफू कुनै पनि समस्याको समाधान खोज्ने पक्षमा नरहेको बताउँदैन पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय भावना दमित भए पनि नामेट नभएको बताएका छन्।

अतीतका गौरवपूर्ण विधि व्यवस्थालाई सम्झेर विद्यमान नमिल्दो स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो व्यवस्थाको पक्षमा उनले वकालत गरेका छन्।

यसअघि नै कोरोना महामारीलाई कारण देखाउँदै पूर्व राजा शाहले दशैँको दिन सर्वसाधरणलाई टीका नलगाउने घोषणा गरिसकेका छन्।

विज्ञप्ति

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved