रोल्पामा कांग्रेस क्रियाशील कार्यकर्ताको घाँटी रेटी हत्या

नेपालभ्युज

रोल्पामा कांग्रेस क्रियाशील कार्यकर्ताको घाँटी रेटी हत्या
सांकेतिक तस्वीर

रोल्पामा एक पुरुषको घाँटी रेटेर हत्या भएको छ । रोल्पा नगरपालिका–६ दार्बोटका ५६ वर्षीय पूर्णबहादुर बुढाको आफ्नै घरमा घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए।

घरमा एक्लै रहेका बुढाको बिहान ११ बजेसम्म ढोका नखुलेपछि ढोका फोरेर हर्दा हत्या भएको अवस्थामा पाइएको प्रनानि सुवेदीले जानकारी दिए। घटना शङ्कास्पद भएकाले थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाइएको रोल्पा प्रहरीले जनाएको छ। घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट सई सुवेदी नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ।

बुढा नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ता रहेका नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति किशोरकुमार आचार्यले बताए। गत साउन २३ गते सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनबाट बुढा क्षेत्रीय प्रतिनिधिमा छनोट भएका थिए। श्रीमतीको केही समयअघि मृत्यु भइसकेको र छोराछारीहरू वैदेशिक रोजगारीमा रहेकाले बुढा एक्लै बस्दै आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved