गण्डकी प्रदेशमा थपिए एक मन्त्री

दोबाटे मन्त्री भएपछि गण्डकी प्रदेशको मन्त्रीपरिषद् १२ सदस्यीय भएको छ।

नेपालभ्युज

गण्डकी प्रदेशमा थपिए एक मन्त्री

काठमाडौं। गण्डकी प्रदेशमा डोबाटे विक नयाँ मन्त्री नियुक्त भएका छन्।

विनाविभागीय मन्त्री नियुक्त भएका बिकलाई साँझ  प्रदेश प्रमुख पृथ्वीमान गुरुङ  ले शपथ गराउँदैछन्।

यसअघि ८ साउनमा गठबन्धन सरकार विस्तार हुँदा मन्त्री छानिएका विकको नाम शपथ गर्ने बेलामा काटिएको थियो। नेपाली कांग्रेसले दोबाटेको ठाउँमा विन्दुकुमार थापालाई कानुनमन्त्री बनाएपछि निकै आलोचना भएको थियो।

दोबाटे तनहुँ कांग्रेसका पुराना नेता हुन्। गत साता काठमाडौं आएका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर उनलाई मन्त्री बनाउनेबारे राय लिएका थिए। दोबाटे मन्त्री भएपछि गण्डकी प्रदेशको मन्त्रीपरिषद् १२ सदस्यीय भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved