काठमाडौं । साफ च्याम्पियनसिपमा आयोजक माल्दिभ्सले लगातार दोस्रो जित निकालेको छ।
आज माल्दिभ्स नेसनल स्टेडियममा श्रीलंकासँग भएको आफ्नो तेस्रो खेलमा माल्दिभ्सले श्रीलंकालाई १-० को जित निकालेको हो। यसअघि उसले बंगलादेशमाथि २-० को सहज जित निकालेको थियो।
आजको खेलमा माल्दिभ्सलाई जितामा खेलको छैटौं मिनेटमा अलि अस्फाकले गोल गरे। उनको गोल नै जित दिलाउन निर्णायक भयो। तुलनात्मक रूपमा बलियो मानिएको माल्दिभ्स खेलअवधिभर श्रीलंकामाथि हाबी भएको थियो। श्रीलंकाले खेल अवधिभर मात्र एउटा सट अन टार्गेट बनाउन सकेको थियो।
हारसँगै श्रीलंका भने साफ च्याम्पियनसिपबाट बाहिरिएको छ। उसले तीन खेलमा मात्र १ अंक जोड्न सक्यो। श्रीलंकाले भारतसँग बराबरी खेलेको थियो। अब माल्दिभ्सले भारतसँग प्रतिस्पर्धा गर्नेछ।
यसैबीच आज राति पौने १० बजे उपाधिको अर्को प्रमुख दाबेदार मानिएको नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल लगातार दुई खेलमा जित निकाल्दै अपराजित छ।
Facebook Comment
Comment