‘मिथ्या’ सार्वजनिक

नेपालभ्युज

‘मिथ्या’ सार्वजनिक

काठमाडौं। युवा लेखक दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक भएको छ ।

साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, गनेस पौडेल र सरस्वती प्रतीक्षाले पोखरामा आयोजित कार्यक्रममा पराजुलीको उपन्यास ‘मिथ्या’ लोकार्पण गरेका हुन्।

लोकार्पण समारोहमा साहित्कार सरुभक्तले प्रयोगधर्मी उपन्यास जटिल हुने भएपनि आख्यानकारले जटिलतालाई पनि निकै रोचक शैलीमा प्रस्तुत गरी आफूलाई अब्बल साबित गरेको बताए।

कवि तीर्थ श्रेष्ठले नेपाली आख्यानको फाँटमा लेखकले उपन्यास मार्फत आफूलाई बलियो रूपमा उभ्याउन सफल भएको बताए । आख्यानमा पोखराले लामो यात्रा गरेको बताउँदै उनले उक्त यात्रामा दीपकले आफूलाई बलियोसँग उभ्याएको बताए।

लेखक सरस्वती प्रतीक्षाले ‘मिथ्या’ उपन्यास आख्यानमा बौद्धिकता रुचाउने पाठकका लागि रुचिकर हुने बताइन्। ‘‘उपन्यासका पात्रहरू वैचारिक चरित्रका रूपमा रहेका छन्, यथार्थ र सरल चरित्रका पात्र भन्दा फरक पात्र भएकाले उपन्यास रोमाञ्चक बनेको छ,’’ उनले भनिन्।

अर्का लेखक गनेस पौडेलले आख्यानमा नवीन स्वाद खोज्ने पाठकले ‘मिथ्या’ उपन्यास रुचाउने धारणा व्यक्त गरे। ‘‘उपन्यासले कथा वाचनको पूर्वीय परम्परागत शैलीलाई पछ्याएको छ,’’ उनले भने, ‘‘अतीत, वर्तमान र भविष्यलाई समेटेर समाजका विभिन्न आयामहरूलाई उपन्यासले चरितार्थ गरेको छ।’’

स्वैरकल्पनात्मक उपन्यास ‘मिथ्या’लाई बुकहिल पब्लिकेसनले बजारमा ल्याएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved