विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य

नेपालभ्युज

विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै छिन्। आज दिउँसो तीन बजे प्रदेशसभाको बैठक डाकिएको छ।

संविधानको धारा १८८ को उपधारा २ मा उल्लेख भएअनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ।

जसका लागि प्रस्ताव पेश गर्ने र धारा १८८ को उपधारा ३ मा तत्काल कायम संसदको बहुमतबाट पारित हुनुपर्ने व्यवस्था छ। यो अधिवेशन केवल विश्वासको मत लिनका मात्र हो।

प्रदेश सभामा मुख्यमन्त्री शाक्य अहिले अल्पमतमा छिन्। बागमती प्रदेशमा सत्तारुढ एमालेसँग ४३ प्रदेश सभा सदस्य रहँदा नेपाली कांग्रेसका २२, नेकपा माओवादी केन्द्रका २३, नेकपा (एकीकृत समाजवादी) को १३ जना छन्।

त्यस्त‌ै विवेकशील साझा पार्टीबाट तीन, नेपाल मजदुर किसान पार्टीका दुई, राप्रपा दुई र स्वतन्त्र एक जना छन्। शाक्यलाई मुख्यमन्त्रीमा रहिरहन ५५ मत आवश्यक छ। जसअनुसार उनलाई सत्तारुढ एमालेबाहेक १२ अन्य मत चाहिन्छ।

डोरमणि पौडेलले राजीनामा गरेपछि शाक्य २ भदौमा मुख्यमन्त्री भएकी थिइन्।

अल्पमतमा परेकी शाक्यले२५ असोजभित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने बाध्यता छ। नेकपा एमाले विभाजन भएर १३ जना प्रदेश सभा सांसदले नेकपा (एस) रोजेपछि शाक्य अल्पमतमा परेकी हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved