सत्ता गठबन्धनको बैठक बस्दै, आज मन्त्रिपरिषद् विस्तार हुने

नेपालभ्युज

सत्ता गठबन्धनको बैठक बस्दै, आज मन्त्रिपरिषद् विस्तार हुने
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी बैठकलगत्तै सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न बस्दै छ।

नेकपा एसको बैठक अहिले बसिरहेको छ। प्रधामन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकाले नेकपा (एस) र जनता समाजवादी पार्टी (जसपा)ले सत्ता गठबन्धनको बैठकअघि मन्त्री छान्न आन्तरिक बैठक राखेको हो। जसपाका शीर्ष नेताहरू पनि सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा अहिले पुगेका छन्।

बालुवाटार स्रोतका अनुसार हिजो बेलुकी प्रधानमन्त्री देउवाले आजै बिहान (बिहीबार) शीर्ष नेताहरूको बैठक डाके पनि नेकपा (एस)को बैठकका कारण उक्त बैठक प्रभावित भएको जनाएको छ। त्यसपछि देउवाले आजै नेकपा (एस) को बैठकपछि सत्ता गठबन्धनको बैठक राख्नेछन्।

माओवादी केन्द्रले सरकारमा सहभागी मन्त्रीहरूको नाम छानिसकेको छ भने कांग्रेसले अहिलेसम्म सार्वजनिक गरेको छैन। कांग्रेसको कोटाबाट वरिष्ठ नेता रामचन्द्र पौडल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका मात्र सहभागी हुनेछन्।


Comment

One thought on “सत्ता गठबन्धनको बैठक बस्दै, आज मन्त्रिपरिषद् विस्तार हुने

  1. सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् ,राजदुत, सचिव, रास्ट्रपति, सभासद , संविधानिक पद मुख्य मन्त्रि को बाडफाड मुख्य एजेन्डा –रोजगारी ,उत्पादन मुखी कलकारखाना , आत्मनिर्भरता र भर्स्ताचार मुकुण्डोधारी खर्व पति नक्कली वामपन्थी को एजेन्डा मै छैन —देस लुटेको सम्पति मा तैचुप मैचुप –समर्थन – जनता बेवकुफ ( कुत्ता दलाल डाका चोर हरामी गुन्डा झोले कार्यकर्ता बाहेक )-यो देस मा कोहि पनि प्रतिपक्ष छैन – न कमनिस्त न कांग्रेस – देस लुट्न्को लागि जोसुकै संग पनि गठबन्धन – विचार सिधान्थ उदेस्य गन्तब्य केहिछैन– दिसा हिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved